• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

प्रधानमन्त्री रोजगार कार्यक्रम :झार उखेल्दै, बजेट सक्दै

Fm Radio Link

सिर्जना थारु/कपिलवस्तु, बेरोजगारलाई रोजगार बनाउन सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । कार्यक्रम कतै अलपत्र छ भने कतै सानो मसिनो काम लगाएर बजेट मात्रै सक्ने मेसो बनेको छ ।  

‘फोकटमा एकमुठी चिउरा बाँडेझैं भएको छ कार्यक्रम’ :जेसिसका राष्ट्रिय उपअध्यक्ष रामेश चन्द्र भुषाल


जेसिसका राष्ट्रिय उपअध्यक्ष रामेश चन्द्र भुषाल भन्छन् झिनामसिना योजना छानेर प्रधानमन्त्री रोजगार कार्यक्रम बाट देशको बिकास हुन सक्दैन । सरकारले नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यका साथ आयोजना सुरु गरेको हो तर यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन । उहाँले कार्यक्रम सञ्चालन गर्दै गर्दा जति चर्चा भयो, त्यसअनुरूप काम हुन सकेका छैन । ‘फोकटमा एकमुठी चिउरा बाँडेझैं भएको छ कार्यक्रम’, वास्तविक बेरोजगार पत्ता लगाएर सीपमूलक तालिम दिन सकेको भए राम्रो हु्न्थ्यो ।


त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर ३ का बुद्धिजिबी द्धवारीका प्रसाद चौधरी भन्नुहुन्छ,   “प्रधानमन्त्री रोजगरी  कार्यक्रम ल्याएर सरकारले राम्रो कार्य गरेको छ, यो कार्यक्रमबाट देशमा रहेका लाखौँ युवा युवातीहरुले आ आफ्नो गाउघरमै रोजगारी पाइरहेका छन् ।  तर  कायक्रमको समय चहि एक महिना निकै छोटो समय भयो ।” 


बाणगंगा नगरपालिको स्थनिय तहको बिभिन्न वडामा यतिखेर पहेलो  कपडा लगाएर  झिनामसिना काममा खटिएको  देख्न पाइन्छ । त्यस्तै प्रधानमन्त्री रोजगरीमा काम गरिरहेको बाणगंगा नगरपालिका वडा नम्बर ४ का मिना थारु भन्छिन्, “कसैले भन्छ ६ घण्टा काम गर्न पर्छ कसैले भन्छ ८ यर्थाथ के हो हामीलाइ पनि थाह छैन, शनिबारका दिन पनि काम गर्न पर्छ ।”


बाणंगगा नगरपालिकामा अरु नगरपालिका भन्दा धेरै बजेट आएको बाणंगगा नगरका नगर प्रमुख मगंल प्रसाद थारुले बताए । बजेट पछि आएको हुनले भ्यानउन गह्रो भयो । तर झार उखालेर अथवा नाली खनेर बजेट चहि दुरुपयोग भएको छ्रैन । कसैले प्रधानमन्त्री रोजगरी कार्यक्रम राम्रो छ, भन्छन् कसैले यो कार्यक्रमको टिक्का टिप्पणी गरिरहेका छन्, नगर प्रमुख मगंल प्रसाद थारुको भनाई यस्तो छ  ।


तर, झार उखेल्ने, सडक निर्माण गर्ने, सडकको स्तरोन्नति, गोरेटो बाटो, नाला खन्ने , जस्ता योजना  प्रधानमन्त्री रोजगरी कार्यक्रमको प्राथमिकतामा रहेको बाणगंगा नगरपालिकाका प्रधानमन्त्री रोजगरका संयोजक कृष्ण कुमार पोख्रेलल बताउनु भयो  । 
 

प्रतिकृया दिनुहोस