• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

एसीसी १९ वर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने

Fm Radio Link

काठमाडौं, एसीसी १९ वर्ष मुनिको पूर्वी क्षेत्रिय क्रिकेटको सेमिफाइनलमा नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ‘बी’ को उपविजेता मलेसियासँग खेल्ने भएको हो ।

 

प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ को अन्तिम लिग खेलमा हङकङसँग ३ रनले पराजित भएपछि मलेसियाले नेपालसँगको खेल निश्चित गरेको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा आज भएको हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रनमा समेटियो ।

 

यसअघि हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । नेपाल र मलेसियाबीचको खेल सोमबार हुनेछ । नेपालले यसअघि हिजो सिंगापुरलाई पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले २ खेलबाट ४ अङ्क जोडेको छ । २ अङ्क जोडेको सिंगापुर उपविजेता बनेको छ । 

प्रतिकृया दिनुहोस