• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम

Fm Radio Link

पर्वत ,अपाङ्गता भएका व्याक्तिहरुको विभिन्न क्षेत्रमा पहुँच र अधिकार विषयक प्रदेश स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम पर्वतको कुस्मामा सम्पन्न भएको छ । हिजो र आज भएको कार्यक्रममा अपाङ्गता भएकाहरुका विविध अधिकारका क्षेत्र र पहुँचका विषयमा अभिमुखिकरण दिइएको थियो ।

 

नेपाल अपाङ महासंघ गण्डकी प्रदेशको आयोजना तथा नेपाल अपाङ्ग उत्थान समाज पर्वतको समन्वय र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा भएको कार्यक्रममा अपाङ्गता सम्वन्धी नीति नियम, स्वायत्त शासन, शिक्षा, स्वास्थ्य, रोजगारी र सशक्तिकरण लगायतका विभिन्न क्षेत्रमा अपाङ्गता भएका व्याक्तिको पहुँच र अधिकार सँगै अपाङगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४ मा समावेश गरिएका हक र अधिकारका बारेमा छलफल र जानकारी गराईएको थियो । 
 

प्रतिकृया दिनुहोस