• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

नेपाल र सिंगापुरको खेल जारी

Fm Radio Link

काठमाडौं,मलेसियामा जारी एसीसी १९ वर्षमुनिको इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सिंगापुर बलिङ गर्दैछ ।

 

आज सिंगापुरविरुद्ध मैदान उत्रदै गर्दा नेपालको लक्ष्य समूह विजेता बन्नु हुनेछ । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

 

सिंगापुरविरुद्ध नेपाल समूह विजेता बन्ने प्रयासमा हुनेछ । जसका लागि साविकको विजेता समेत रहेको नेपालले सिंगापुरलाई पराजित गर्नु पर्नेछ । 

प्रतिकृया दिनुहोस