• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र वेस्ट इण्डिजबीच खेल हुँदै

Fm Radio Link

काठमाडौं,  आइसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत आज अफगानिस्तान र वेस्ट इण्डिजबीच खेल हुँदैछ । लिड्समा हुने यी दुई देशबीचको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ ।

 

सेमिफाइनलको दौडबाबाट बाहिरी सकेको दुवै टोली आज खेल जित्ने लक्ष्य सहित मैदान उत्रने छ । अफगानिस्तानले प्रतियोगितामा अहिले सम्म एक जित पनि दर्चा गराउन नसकेको अवस्थामा आजको खेलमा जित हात पार्दै सुखद अन्त्यको खोजीमा हुनेछ ।

 

वेस्ट इण्डिजले भने प्रतियोगितामा मात्र एक खेलमा जित दर्ता गराएको छ । यसअघि गयराति भएको खेलमा जित हात पार्दै आयोजक इंगल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ३ सय ५ रन बनाएको थियो ।

 

३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो । जितसँगै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । जितपछि इंग्ल्याण्डले ९ खेलबाट १२ अङ्क जोडेको छ ।

 

आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । न्युजिल्याण्डको ९ खेलबाट ११ अङ्क रहेको छ । अब पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको तय हुनेछ ।
 

प्रतिकृया दिनुहोस