• २०७६ असोज २७ सोमबार / Monday, October 14
Skip Advt.

चीनमा आज परराष्ट्रमन्त्रीको उच्चस्तरीय भेटवार्ता

Fm Radio Link

काठमाण्डौ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनमा आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । चीनको डालियान शहरमा यही अस्तिबाट सुरु भएको विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन पुग्नु भएका मन्त्री ज्ञवालीले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।ज्ञवाली ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनुभएको छ ।

 

मन्त्री ज्ञवालीले हिजो ‘जलवायु परिवर्तन भावी वित्तीय संकट’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नु भएको थियो ।  आज मन्त्री ज्ञवाली  डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्ने र आज नै विदेशमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

 

परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत छन । मन्त्री ज्ञवाली पर्सी स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिकृया दिनुहोस