• २०७६ असोज २७ सोमबार / Monday, October 14
Skip Advt.

हरेक वर्ष ५ लाख युवाका लागि स्वदेशमै रोजगारी सृजना गर्ने सरकारको लक्ष्य

Fm Radio Link

काठमाण्डौ,सरकारले आगामी आर्थिक वर्षदेखी प्रत्येक वर्ष पाँच लाख युवाका लागि स्वदेशमै रोजगारी सृजना गर्ने लक्ष्य अघि सारेको छ । तर सरकारको यो लक्ष्यलाई धेरैले महत्वाकांक्षी योजनका रुपमा बिश्लेषण गरेका छन् ।

 

प्रत्येक बर्ष पाँच लाख युवाका लागि स्वदेशमै रोजगारी सृजना सम्भव छ त ? भन्ने बहस पनि हुन थालेको छ । हिजोबाट काठमाडौंमा सुरु भएको श्रम तथा रोजगार सम्मेलन २०७६ मा बोल्दै विज्ञहरुले भाषण गरेर मात्रै रोजगारी सृजना नहुने भन्दै सरकारको कडा आलोचना गरेका छन् । विभिन्न क्षेत्रसँगको समन्वयमा सरकारले राम्रो अध्ययन गरेर विशेष कार्यक्रम ल्याउनु पर्ने उनीहरुले बताएका हुन् ।

 

सरकारले भनेजस्तै बर्षेनी पाँच लाख युवालाई रोजगारी दिने बिषय सजिलो नभएको बताउनुहुन्छ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर शंकर शर्मा । नेपालबाट अहिलेसम्म ४३ लाख युवा श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गइसकेका छन् । निजि क्षेत्रले भने सरकारले नीजि क्षेत्रसँग सहकार्य नगरेसम्म बर्षेनी पाँच लाख रोजगारी सृजना गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने दाबी गरेको छ ।

 

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले आफूहरुसँग समन्वय गरेर यो कार्यक्रमलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । यो लक्ष्य पूरा गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिसकेको छ । तर सुरुवातमै कार्यक्रम प्रभावकारी नभएको टिप्पणी हुन थालेको छ । सरकारले बिना अध्ययन हरेक बर्ष पाँच लाख युवालाई रोजगारी सृजना गर्ने योजना ल्याएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर पिताम्बर शर्माको बुझाइ छ ।

 

अहिलेपनि नेपालमा ११ दशमलव ६ प्रतिशत बेरोजगारी कायमै छ भने ३० प्रतिशत अर्ध बेरोजगारी छ । यस्तो अवस्थामा पाँच लाखलाई रोजगारी सृजनाको लक्ष्य पूरा हुन कठिन हुने विज्ञ बताउँछन् । 

प्रतिकृया दिनुहोस