• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

अन्तिममा अत्यधिक खर्च गर्ने परिपाटी यसपाली पनि निरन्तर

Fm Radio Link

काठमाडौं, आर्थिक वर्षको अन्तिममा अत्यधिक खर्च गर्ने परिपाटी यसपाली पनि बढेको छ । खर्च प्रणाली सुधार गरेर बाह्रै महिना निरन्तर बनाउने सरकारले प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

 

असार लागेपछि दैनिक ६ अर्ब खर्च भइरहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जेठ मसान्तसम्म आठ खर्ब २६ अर्ब ४५ करोड खर्च गरेको सरकारले हिजोसम्म ८ खर्ब ८४ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ ।

 

काम नियमित भए पनि बजेट भने अन्तिममा आएर निकासा हुने गरेकाले असार महिनामा आएर धेरै खर्च भएको देखिने महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी दिनेश रेग्मीले सीआईएनसँग बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर आएर अनुदान, भ्रमण तथा प्रशासनिक खर्च बढाएर सरकारले जसरी पनि खर्च देखाउने काम गरेको आरोप लाग्दै आएको छ ।

प्रतिकृया दिनुहोस