• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

मन्त्रिमण्डल फेरबदल गर्ने तयारी

Fm Radio Link

काठमाडौं, सरकारले मन्त्रिमंडल फेरबदल गर्ने तयारी गरेको छ । केही नयाँ अनुहार थप्ने र केही हटाउने गरि फेरबदलको तयारी भइरहेको मन्त्रिपरिषद कार्यायलय जनाएको छ ।

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच  हिजो भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । त्यही सहमतिका आजमा आज छुट्टा छुट्टै र सयुक्त छलफल गर्ने दुई अध्यक्षको तयारी छ । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमालाग्नु भएको छ ।

 

 आज पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाउनु भएको छ भने अर्का अध्यक्ष दाहाल प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटार बोलाउनु भएको छ । सञ्चार मन्त्री गोकूलप्रसाद बास्कोटाले आबश्यकता अनुसार मन्त्रिमंडल फेरबदल हुने सीआईएनलाई जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस