• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

एसईईको नतिजा आज सार्वजनिक हुँदै

Fm Radio Link

काठमाडौं,माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कार्यालयका कर्मचारीले नतिजा सार्वजनिक गर्न लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेकाले कुनै प्राविधिक समस्या उत्पन्न नभए आज नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सीआइएनसंग बताउनुभयो ।

 

परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बोलाईएको छ । बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।गएको चैत १० गतेदेखि एक हजार नौ सय ६९ केन्द्रमा सञ्चालन भएको परीक्षामा मुलुकभरबाट चार लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए ।

 

यसपटक अनिवार्य विषयको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको हो । नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी  बोर्डले गरेको  छ ।

प्रतिकृया दिनुहोस