• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

निजामति सेवाको पदपुर्तिका लागि सत प्रतिशतलाई भागवण्डा गर्न नसकिने सरकारद्धारा स्पष्ट

Fm Radio Link

काठमाडौं,संघीय निजामति सेवाको पदपुर्तिका लागि सत प्रतिशतलाई भागवण्डा गर्न नसकिने सरकारले स्पष्ट पारेको छ । संघीय संसद, प्रतिनिधीसभा अन्र्तगत राज्यव्यवस्था तथा शुसासन समितिको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने भन्दै यस्तो बताउनुभएको हो ।

 

संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशिल विषय भएपछि तत्काल सतप्रतिशतलाई भागवण्डा गर्न सक्ने अवस्था नरहेको मन्त्री पण्डितको स्पष्टिकरण छ ।

 

प्रदेश र स्थानीय तहका एक एक पदलाई लिएर कुनै पनि धारणामा अडिग नरहन पनि उहाँले आग्रह गर्नुभयो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्र्तगत संघीय निजामती सेवाको पदपूतिको विषयमा समितिले विभागीय मन्त्रालयसँग छलफल गरेको हो । 
 

प्रतिकृया दिनुहोस