• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

लागू औषध दुरुपयोग चुनौतीपूर्ण बनेको सरकारद्धारा स्वीकार

Fm Radio Link

काठमाडौं, सरकारले लागू औषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि चुनौतिपुर्ण बन्दै गएको स्विकार गरेको छ । लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतिपूर्ण भएको स्विकार गर्नुभएको हो ।

 

लागू औषध समस्या र अन्तरनिहीत चुनौतिको तुलनामा सरकारका प्रयायस पर्याप्त नहुनु र खुल्ला सीमानाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतिपुर्ण रहेको उहाँको भनाई थियो । सकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजन लाई बैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।

 

कानुनको सफल कार्यान्वयनसँगै रोकथामको प्रयासलाई पनि जनस्तरसम्म पु¥याउन नसकिएको भन्दै उहाँले नागरिक समाजका साथै सबै बर्ग र तहलाई सहयोग गर्न आग्रह गर्नुभयो । लागू औषध दुरुपयोग र अबैध कारोवार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनौवैज्ञानिक समाधान पनि आवश्यक रहेको गृहमन्त्री थापाको भनाई छ ।

 

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्टिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ । साताको अन्तिम दिन आज गृहमन्त्रालय अन्र्तगतको मुल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो । यस वर्ष नेपालमा “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ्य जीवन” भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

प्रतिकृया दिनुहोस