• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा कसैलाई दिइएको छैनः मन्त्री पुन

Fm Radio Link

काठमाडौं, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा कसैलाई नदिएको बताउनुभएको छ ।

 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले अहिलेसम्म बुढीगण्डकी निर्माणको जिम्मा कसैलाई नदिएको बताउनुभएको हो । विपक्षी दलका सांसदहरुले काँग्रेस नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना नेपालकै लगानीमा गर्ने निर्णय गरेको स्मरण गराउदै फेरि किन चिनिया कम्पनी गेजुवालाई दिने निर्णय गरेको भन्दै प्रश्न गर्नुभएको थियो ।

 

 तर ऊर्जामन्त्री पुनले सरकारले भने अनुसार सो कम्पनीसंग ५ महिनाअघि ३ चरणमा छलफल भए पनि निर्माण गर्ने गरी कुनै सम्झौता नभएको जवाफ दिनुभयो ।  अहिले कुनै पनि सम्झौता भएको छैन, हामी उपयुक्त मोडालिटीमा अगाडि बढ्छौं मन्त्री पुनले भन्नुभयो ।

 

 यसअघि मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा बनाउने निर्णय गर्दै त्यसको मोडालिटी निर्माणको जिम्मा ऊर्जा मन्त्रालयलाई दिएको थियो । उर्जामन्त्री पुनले ईपीसीएफ मोडलमा बुढीगण्डकी आयोजना बनाउन सकिन्छ कि भनेर छलफल सुरु गरेको भन्दै चलखेल र अनियमितताको आरोपमा सत्यता नभएको प्रष्ट पार्नुभयो । 

प्रतिकृया दिनुहोस