• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने प्रचण्डको भनाइ

Fm Radio Link

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ  ।  

 

आज आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा प्रचण्डले तीनै तहको समन्वयले विकास र समृद्धि सम्भव हुने बताउनुभयो । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उहाँको भनाइ थियो ।

 

कानुन निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने प्रचण्डको भनाइ छ । अहिलेको परिवर्तन गुणात्मक भएको अधयक्ष प्रचण्डको  भनाइ थियो ।

 

पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अव जनताले विकासमा परिवर्तन चाहेको प्रचण्डको भनाइ छ । 

प्रतिकृया दिनुहोस