• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

कुमार पौडेल घटनाबारे एक साताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रालयलाइ निर्देशन

Fm Radio Link

काठमाडौं,संसदको राज्य व्यवस्था समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

आज गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग घटनाबारे जानकारी लिएको समितिले एक साताभित्र सत्य तथ्य प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । पौडेलको प्रहरीको गोली लागेर यही असार ५ गते लालबन्दीमा मृत्यु भएको थियो ।

 

प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षको रहे पनि सांसदहरुले त्यसमा शंका व्यक्त गर्दै सत्य तथ्य छानविनको माग गरेका थिए ।

 

मुठभेडमा मारिएको भनिएका कुमार पौडेलको हात ६,७ ठाउँमा कसरी भाँचियो ? भनेर सांसदहरुले प्रश्न उठाएका छन् । विप्लव समूहले पनि बाटो ढुकेर पौडेलको हत्या गरिएको आरोप लगाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस