• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

पिएम कपः  वर्षाले खेल प्रभावित भएपछि सोमबारका चार  प्रतिस्पर्धीले अंक बाँडे 

Fm Radio Link

मदन गिरी/महेन्द्रनगर, महेन्द्रनगरको कबड हलमा जारी चौँथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता  वर्षाको कारण प्रभावित बनेको छ । आईतबारबाट निरन्तर भईरहेको वर्षाले कपका तीन वटा खेल प्रभावित भएका छन् । 


सोमबार हुने भनिएको एपीफ र प्रदेश नम्बर ५ बिचको पहिलो खेलका दुवै टोली अंक बाँड्न बाध्य भएका छन् ।  प्रतियोगिताका टेक्नीकल प्रमुख विनय कुमार झाले  निरन्तर भईरहेको वर्षाको  कारण खेल  प्रभावित भएको बताए । उनका अनुसार वर्षका कारण प्रतियोगिताका चार खेल प्रभावित भएका छन् । 


त्यस्तै सोमबार ने तय गरिएको प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ बिचको खेल पनि हुन सकेनन् । वर्षाले खेल अवरुद्ध बनेपछि दुवै टोलीले अंक एकएक अंक बाँडेको टेक्नीकल प्रमुख झाको भनाई रहेको छ । मंगलबार अंक तालिकाको शिर्ष स्थानमा रहेका अन्तिम चार टिम बिच खेल हुने आयोजकले जनाएको छद । 

प्रतिकृया दिनुहोस