• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तान खेल्दै

Fm Radio Link

काठमाडौं, विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तानबीच खेल हुँदैछ । साउथ ह्याम्पटनमा हुने यी दुई देशबीचको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । बंगलादेशले ६ खेलबाट दुईमा जित हात पारेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरीसकेको छ ।

 

बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । यसअघि गएराति भएका खेलमा उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिका पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

 

पाकिस्तानसँग ४९ रनले पराजित हुँदै दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिएको हो । लर्ड्स क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन मात्र बनाउन सक्यो ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो । दक्षिण अफ्रिकालाई हराएसंगै पाकिस्तानले शीर्ष चारमा रहदै सेमिफाइनलमा पुग्ने सम्भावना राखेको छ । पाकिस्तानले ६ खेलबाट ५ अङ्क जोडेको छ । 
 

प्रतिकृया दिनुहोस