• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

खुसी र सुखी नेपालीको सर्वेक्षण गरिँदै

Fm Radio Link

काठमाडौं, सरकारले नेपालीहरू कति खुसी र सुखी छन् भनेर सर्वेक्षण गर्ने भएको छ । ‘समष्टिगत सुख सर्वेक्षण’ नाम दिइएको सर्वेक्षणका आधारमा नेपालीको सुख मापन गरिने तथ्याङ विभागले जनाएको छ ।

 

सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई आधारमा मानेर यो कार्यक्रम बनाइएको विभागका निर्देशक राजन सिलवालले सीआइएनलाई जानकारी दिनुभयो । आगामी आर्थिक वर्षभित्र सर्वेक्षण सक्नेगरी विभागले बजेट विनियोजन गरेको छ ।
 

प्रतिकृया दिनुहोस