• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु  

Fm Radio Link

बुद्ध नेपाली,रेडियो महाभारत
सिन्धुली, रामेछापको मन्थली नगरपालिका– ६ मा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।  

 

दुर्घटनामा परी एम्बुलेन्स चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट घर भएका २२ बर्षिय निर बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभयो ।

 

नेपाल रेडक्रस सोसाईटी भिमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स सिन्धुलीबाट रामेछाप सदरमुकाम मन्थलीमा जादै गर्दा कुनौरी नजिकै गए राति २ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदातले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस