• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

मनिषाको अन्तिम संस्कारका लागि खर्चको व्यवस्था मिलाए परियारले

मनिषाको “सद्गतिको” व्यवस्था मिलाएर मानवताको उत्कृष्ट नमुना पेश गरे काँग्रेसी नेता केशव परीयारले  

Fm Radio Link

बिष्णुकुमार देवकोटा/अंकित डि.सी./दाङ, चरम सहरी गरीबिको चपेटामा परी २३ बर्षको कलिलो उमेरमा उपचार अभावका कारण  मृत्युवरण गर्न पुगेकी दलित महिला मनिषा नेपालीको अन्तिम संस्कार का लागि सम्पुर्ण खर्चको व्यवस्था दलित नेता केशव परियारले मिलाएका छन् ।

 

नेपाली काँग्रेसका् भातृ संस्था नेपाल दलित संघ क्षेत्र नं ३ का उपसभापति केशव परियारले घोराही उपमहानगरपालिका वडा नं १३ जय दुर्गा भवानी टोल ( बादी बस्ति) निबासी मनिषाको सद्गति ता दाहसंस्कारका लागि कात्रो किन्न  र दाह संस्कारमा आवस्यक पर्नै बस्तुहरुको समेत अभाव रहेपछि सहयोग उपलब्ध गराउनुभएको हो ।

 

ज्याला मजदुरी गर्दै आएकि मनिषाको पे्रसरका कारण उपचार खर्च अभावमा आज (७) गते मृत्युभएको हो । जय दुर्गा भवानी टोल बिकास संस्थकी अध्यक्ष रन्जिता नेपालीको सूचनाका आधारमा दयनिय अवस्थामा रहेको मनिषा नेपालीको सद्गतीका लागि आफुले सक्दो सहयोग गरेको केशव परियारले प्रतिकया दिएका छन् ।

 

“समाबेसी तथा सकारात्मक बिभेदका आधारमा दलितहरुलाई राज्यको मुल प्रवाहमा ल्याउनुपर्नैमा कात्रो किन्न समेत नसक्ने अवस्थामा दलित समुदाय हुनु दुर्भाग्यपुर्ण छ” केशव परीयारले भने । चरम गरीबि बाट गुज्रिरहेको मनिषाको परीवारको अवस्था दयनिय औ दर्दनाक रहेको छ ।

 

घरमा अन्नको गेडो समेत छैन भने सुत्नका लागि कपडा समेत छैन । दुई सन्तानहरु कुपोषणको सिकार भएका छन् । बिद्यालय को मुख समेत नदेखेका दुई नाबालकहरुको भविस्य अन्यौलमा परेको छिमेकी ध्रुव नेपालीले बताए ।  

 

 “ मृत्यु पछि कात्रो समेतको व्यवस्था गर्न नसकेको परीवारलाई अन्तिम संस्कारका लागि सहयोग गरेर मनवताको उत्कृष्ट नमूना केशव पयिारले पेश गर्नुभएको छ ” टोल बिकास समितिका अध्यक्ष रञ्जिता नेपालीले बताईन् । सेवार खोलाको बगरमा झुपडिमा बसिरहेको नेपलीको पविारको अवस्था अति दयनिय रहेको छ ।

 

स्व. मनिषा नेपाली र उनका श्रीमान्  बिष्णु नेपलीका दुई जना बिद्यालय जाने उमेरका छोराहरु छन् । रन्जिताले भनिन् । “८ बर्षीय जगदिश र ६ बर्षीय कार्तिक नेपालीले अहिले सम्म बिद्यालयको मुख देखेका छैनन्” रन्जिताले भनिन् । बालबालिकाको क्षेत्रमा काम गर्नै सरकारी तथा गैह्र सरकारी निकायहरु तथा दलित नेताहरुको नजर बादी बस्तिमा नपरेका् भन्दै रन्जिता नेपालीले आफुहरुलाई नेताहरुले भोट बैंक को रुपमा प्रयोग गर्नै गरेको आरोप समेत लगाईन् ।

 

तिनवटै तहका सरकारबाट उपेक्षा सहेको बादि टोलले अहिले सम्म कुनै पनि सहयोग पाएको छैन । महिला तथा पुरुषहरुका लागि उचित तथा व्यवहारीक आयआर्जनमुखि योजनाहरु नपाएको टोलले “ यस्तो मृत्यु सबैले भोग्नु नियति रहेको” भन्दै सरकार  तथा सरोकारवालाहरुको ध्यानाकृष्ट हुनु आवस्यक रहेको ध्रुव नेपालीले बताए ।

 

“हामिलाई भोट बैंकको रुपमा प्रयोग गरे, चुनाव जितेपछि कोही पनी फर्केर आएनन् ” ध्रुव नेपालीको गुनासो मिश्रित कथन छ । परियार सेवा  समाज दाङका अध्यक्ष  समेत रहेको केशव परियारको मानवतापुर्ण सहयोगलाई सम्पुर्ण टोलबासीको तर्फबाट धन्यबाद  भन्दै ध्रुव नेपालीले स्व. मनिषा  नेपालीको परिवारलाई सहयोग गर्न सबै मा आग्रह गरेका छन् ।  

 

 दुई सन्तानकी आमा रहेकी मनिषा नेपाली घोराही बजारमा लेबर काम गर्दै आईरहेकी थिईन् । टोलको बिकास र मानव संसाधन बिकासका लागि घोराही उपमहानगरपालिका बाट अहिले सम्म कुनैपनि योजना नपरेको टोलबासीको आरोप छ ।

प्रतिकृया दिनुहोस