• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

पबजी खेलेको आरोपमा १० जना पक्राउ

पबजीमाथि प्रतिबन्ध : पुलिस अधिकारी मनोज अग्रवाल

Fm Radio Link

भारत,  भारतको गुजरातस्थित राजकोटमा मोबाइल गेम पबजीमाथि प्रतिबन्ध लगाइएको द इन्डियन एक्सप्रेसले जनाएको छ।

 

 

यो प्रतिबन्धपछि  १० जनालाई पबजी खेलेको आरोपमा पक्राउ गरिएको छ ।

 

 

पुलिसले अनुसन्धानका लागि उनीहरुको मोबाइल पनि जफत गरिएको छ । पुलिसका अनुसार यो गेम खेल्नेहरु यतिसम्म आदती हुन्छन् कि पुलिसको समूह पक्राउ गर्न पुग्दासमेत उनीहरुलाई केही अत्तोपत्तो थिएन ।

 

 

पुलिस अधिकारी मनोज अग्रवालले उक्त शहरमा मार्च ६ देखि पबजी प्रतिबन्ध गरेका हुन् ।

 

 

बुधबार राजकोट स्पेशल अपरेशन ग्रुपले तीन युवकलाई पुलिस मुख्यालयमा नजिकै पक्राउ गरेको थियो । उनीहरुलाई पबजी खेलिरहेका बेला नै पक्राउ गरिएको पुलिसले जानकारी दिएको  छ ।

 

 

 

प्रतिकृया दिनुहोस
-->