• २०७६ असार १२ बिहीबार / Thursday, June 27

पोखराका दुई ठाउँमा बम भेटियो, यसरी गर्यो सेनाले डिस्पोज

Fm Radio Link

पोखरा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले आव्हान गरेको बन्दका क्रममा पोखरामा दुई ठाउँमा बम भेटिएको छ । 

 

पोखराको सभागृह चोक र लेखनाथ स्थित भण्डारढीकमा बम फेला परेको हो । पोखराको सभागृह चोकको ट्रफिक बिटमा र भण्डारढीकाको रंगशाला नजिकै सकेट बम फेला परेको हो ।

 

दुबै तर्फको सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सरकारले प्रतिबन्ध लगानु अगाडी नै सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै विप्लवको पार्टी नेपाल बन्दको आव्हान गरिएको थियो ।

 

बन्दका कारण पोखराको मुख्य बजार, उद्योग, कलकारखाना, शैक्षिक सस्था बन्द छन् । लामो तथा छोटो दुरीका यातायात सञ्चालन भएका छ्रैनन् भने केही मात्रामा मुख्य बजारमा निजी यातायात सञ्चालन भएका छन् ।

प्रतिकृया दिनुहोस