• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

भारतविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अस्ट्रेलियाले जित्यो एकदिवसीय सिरिज

Fm Radio Link

दिल्ली,  घरेलु टिम भारतविरुद्धको पाँचको एकदिवसीय सिरिजमा पहिलो २ खेलमा पराजित भएको अस्ट्रेलियाले पछिल्ला ३ खेल जितेर सिरिज कब्जा गरेको छ।

 

 

बुधबार दिल्लीमा भएको अन्तिम तथा निर्णायक खेलमा भारतमाथि ३५ रनको जित निकाल्दै अस्ट्रेलियाले ३-२ ले सिरिज कब्जा गरेको हो।

 

 

अस्ट्रेलियाले दिएको २ सय ७३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा २ सय ३७ रनमा अलआउट भयो। भारतका लागि ओपनर रोहित शर्माले सबैभन्दा बढी ५६ रन जोडे। केदार जादवले ४४ र भुवनेश्वरकुमारले ४६ रन जोडे पनि जितका लागि पर्याप्त हुन सके।

 

 

बलिङमा अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए। पाट कमिङ्ग्स, जे रिचार्डसन  र मार्कोस स्टोइनिसले २-२ विकेट हात पारे।

 

 

त्यसअघि अस्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १०० रन जोडेका थिए। पिटर ह्यान्डसकमले ५२ रन, जे रिचार्डसनले २१ बलमा २९  र  कमिङ्ग्सले ८ बलमा १५ रन जोडेका थिए। बलिङमा भारतका भुवनेश्वर कुमारले ३ विकेट लिँदा रवीन्द्र जडेजा र मोहमद सामीले २-२ विकेट लिए।

 

 

खवजा म्यान अफ दि म्याच तथा सिरिज दुवै घोषित भए।

 

 

अस्ट्रेलियालय २०१७ मा पाकिस्तानलाई हराएपछि पहिलो पटक एकदिवसीय सिरिज जितेको हो। यता भारतले भने सन् २०१५  पछि घरेलु मैदानमा सिरिज गुमाएको हो। 

 

 


 

प्रतिकृया दिनुहोस
-->