• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

 भारतले महिला साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सलाई ६–० गोलले हरायो

Fm Radio Link

काठमाडौ, भारतले महिला साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सलाई ६–० गोलले हराएको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको समूह बीको पहिलो खेलमा भारतले माल्दिभ्समाथि एकपक्षीय जित निकाल्न सफल भयो । 

 

 

भारतका लागि आठौं मिनेटमा ग्रेस डाङमीले खाता खोलिन् । १३औं मिनेटमा सन्ध्या रङ्गनाथले दोस्रो गोल गरेकी थिईन् । पहिलो हाफमै पाँच गोल गरेको भारतका लागि २२औं मिनेटमा इन्दुमती काथिरसेन, २७औं मिनेटमा सञ्जु र पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले एक एक गोल गरे । 

 

 

दोस्रो हाफमा एकमात्र गोल सञ्जुले थपिन् । सञ्जुले ९०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोलगर्दै टोलीको जित सहज बनाईन् । खेलभर दबाब झेलेको माल्दिभ्स निरिह बन्यो । माल्दिभ्सले गोलगर्न लायक कुनैपनि अवसर बनाउन सकेन । 

 

 

जितसँगै भारतले तीन अंक बनाएको छ । समूहको दोेस्रो खेल भारतले आइतबार श्रीलंकासँग खेल्नेछ । बिहिबार भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 

 

 

 

प्रतिकृया दिनुहोस
-->