• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

आजका बालबालिका भविष्यको योग्य नागरिक बन्नुपर्ने: खेलकूदमन्त्री विश्वकर्मा

Fm Radio Link

काभ्रे, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आजका बालबालिका भविष्यको योग्य नागरिक बन्नुपर्ने बताएका छन् । 

 

 

धुलिखेल नगरपालिका–६ बड्खेलमा आज(बुधबार) सिद्धार्थ बालगृहको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा भने, ‘भाइबहिनी तपाईँहरु असल नागरिक बनेर देशको सेवामा लाग्नुपर्छ, यसका लागि समय सापेक्ष राम्रो अध्ययन आवश्यक हुन्छ ।’

 

 

मन्त्री विश्वकर्माले बालबालिकाको प्रतिभा प्रष्फुटनमा अविभावकले उचित अवसर दिनुपर्ने बताए । ‘मुलुकलाई अझै बहुआयमिक नागरिकको खाँचो छ’, उनले थपे, ‘बालबालिकामा अन्तर्निहित प्रतिभा उजागर गरी बहुआयामिक बनाउनु जरुरी हुन्छ ।’

 

 

मन्त्री विश्वकर्माले अप्ठेरोमा परेका बालबालिकाको अधिकार स्थापित गराउन प्रत्येक नेपाली सजग रहनुपर्ने बताए । बालबालिकाको संरक्षणमा सबै पक्ष उत्तिकै लाग्नुपर्ने उनको भनाइ थियो । 

 

 

 

प्रतिकृया दिनुहोस
-->