• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

मेलम्ची आयोजनाः भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

Fm Radio Link

सिन्धुपाल्चोक, मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकेदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्जेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन् । 

 

 

आफूले काम गरेको रकम भुक्तानी नपाएको भन्दै उनीहरुले मंगलबार आयोजनाको मुहानमा भेला भएर विरोध जनाए । सीएमसी पीडित संघर्स समितिका १२ वटा निर्माण व्यवसायीले मेलम्चीमा पत्रकार सम्मेलन गरेर आफूहरुले काम गरेको रु. १६ करोड ५० लाख ३८ हजार भुक्तानी नपाएको जानकारी दिए ।

 

 

मुख्य ठेकेदार कम्पनी सीएमसीले काम छोडेपछि स्थानीय व्यवसायीको रकम भुक्तानी दिएको छैन । 

 

 

 

प्रतिकृया दिनुहोस
-->