• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

जन्ती आउँने दिन नै आगलागी, ५० लाख बराबरको क्षती 

Fm Radio Link

सिरहा, सिरहाको लहान नगरपालिका वडा नं. २२ गम्हरिया टोलमा  आज विहान आगलागी हुँदा ५० लाख मुल्य वराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

लहान नगरपालिका वडा नं. २२ गम्हरिया टोल बस्ने राधेश्याम चौधरीको छोरीको आज जन्ती आउँने दिन खाना तयारी गर्ने क्रममा आचानक  ग्यास लिंक भएर आगलागी हुदाँ  करिब ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

 

आगलागीबाट राधेश्याम चौधरीको १ वटा घर,  जिन्सी सामग्री  ८ लाख, नगद २ लाख, सुन डेढ तोला, चाँदी ६० तोला नष्ट भएको छ । त्यस्तै  ठिठर  चौधरीको एउटा घर,  २ लाखको समान, नगद १ लाख ५० हजार जलेको छ भने बालकृष्ण चौधरीको पनि १ लाखको सर समान,सुखि चौधरीको  जिन्सी ४ लाख, नगद १, लाख ५० हजार, चाँदी ४० तोला, मिठन चौधरीको  २० हजारको  पराल  लगायत जलेको हो ।

 

घरमा रहेको अन्नपात लत्ता कपडा, नगद, सुनचाँदी, बिहेभोजको सम्पुर्ण  सर –समानहरु जलेको हो । आगो करीब २ घण्टापछि  स्थानिय बासी, सशस्त्र प्रहरी, लहान नगरपालिकाबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीबाट कुनै किसिमको मानबिय क्षती नभएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

प्रतिकृया दिनुहोस
-->