• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

जन्ती बस दुर्घटनामा दुईको मृत्यु १७ जना घाइते

Fm Radio Link

हेटौँडा, मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ । 

 

 

दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको र हाल उद्धार कार्य जारी रहेको छ । घाइतेलाई उपचारको लगि हेटौँडा अस्पतालमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

 

 

 

प्रतिकृया दिनुहोस
-->