• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

ट्रयाक्टर दुर्घटना हुँदा २ को मृत्यु

Fm Radio Link

सल्यान,  ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

 

शारदा नगरपालिका –२ श्रीनगरबाट लानीत बजार जाँदै गरेको रा १ त ११५१ नंको ट्रयाक्टर सोमबार राति दुर्घटनामा पर्दा चालक शारदा – १२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र – १ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

 


ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकामा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको थियो । 

 

 

 

प्रतिकृया दिनुहोस
-->