• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

Fm Radio Link

गाईघाट, उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा आज बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् । 

 

 

मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा कामगर्ने ना १ क ८३४७ नं को टिपरले बा ९३ प ९४३२ नं को मोटरसाइकललाई नेपालटार नजिकै ठक्कँर दिएको थियो । 

 

 

घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । टिपर चालकको खोजी भइरहेको बताइएको छ । नेपालटारका स्थानीयवासी राजन राउतले टिपर चालककले नभएर सहचालकले चलाएका कारण दुर्घटना भएकाले चालक लुकेर बसेको हुनसक्ने बताउनुभयो । 

 

 

 

प्रतिकृया दिनुहोस
-->