• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

हिउँपहिरोमा परि एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको मृत्यु

Fm Radio Link

मनाङ, फागुन ९ गतेदेखि सम्पर्कबिहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परि मृत्यु भएको छ।

 

 

अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ गाउँपालिकाअन्तर्गत पर्ने ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिमपहिरोमा परि मृत्यु भएको हो। 

 

 

थोरङपासका लागि माथिल्लो भेग गुम्छाङ हुँदै लेदरसम्म पुगेर फर्कने क्रममा ढिकुरपोखरी नजिकको क्याङली भीरमा आएको हिउँपहिरोमा दुवैजना परेका थिए। 

 

 

मृत्यु भएका दुवैको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सर्वेन्द्रकुमार विकले बताए।

 

 

शव परीक्षणका लागि आजै हेलिकप्टरबाट शव काठमाडौंंमा लैजाने तयारी भएको प्रहरी निरीक्षक विकले जानकारी दिए। 

 

 

 

प्रतिकृया दिनुहोस
-->