• २०७५ चैत ६ बुधबार / Wednesday, March 20

बलिदान दिवसको अवसरमा ५८ सहिद परिवारलाई सम्मान 

Fm Radio Link

सल्यान, सल्यानको कुमाख गाउँपालीकाले २४ औं बलिदान दिवसको अवसर पारी सहिद परिवारहरुलाई सम्मान गरेको छ । गाउँपालीकाले जनयुद्ध र जनाआन्दोलनका क्रममा सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

 

 

दिवसको अवसरमा गाउँपालीका भित्रका ५८ जना सहिद परिवारलाई १, १ वटा बल्याङकेट, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालीकाले जनाएको छ ।

 

 

साथै उनिहरुलाई आउने जाने खर्च भनेर १ हजार रुपैयाँ समेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारी बताउनु भएको छ । 
 

प्रतिकृया दिनुहोस
-->