• २०७५ फागुन ६ सोमबार / Monday, February 18

विद्यार्थीद्वारा सञ्चारमाध्यमकाे दुरुपयोग: सांसद केसी

गाेल्डेन पार्कस एकेडेमीकाे ७ औं बार्षिकाेत्स सम्पन्न

Fm Radio Link

कपिलवस्तु, कपिलवस्तुको शिवराज-३, खरेन्द्रपुरमा रहेकाे गाेल्डेन पार्कस एकेडेमीले ७ औं बार्षिकाेत्सव एवम् अभिभावक दिवस कार्यक्रम सम्मान गरेकाे छ ।       

 

 

आइतबार सरस्वती पुजाकाे अवसर पारि गाेल्डेन पार्कस एकेडेमीकाे आयाेजनामा भएकाे बार्षिकाेत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रदेश सभा सांसद एवम् प्रदेश नं:५ का सदस्य अर्जुनकुमार केसीले दिवस कार्यक्रमलाई नयाँ प्राेजेक्टरद्वारा उद्घाटन गर्दै आजभाेलीका विद्यार्थी बालबालिका लगायत युवाले समेत माेबाईल, फाेन, टेलिभिजन र माेटरसाइकल जस्त सञ्चारमाध्यम तथा सवारीकाे सदुपयोग भन्दा बढि दुरुपयोग गरेकाे अाराेप लगाउनुभयाे । केसीले साे एकेडेमीले गरेकाे कार्य प्रशंसा गर्दै शिक्षामा सबैभन्दा पछि कपिलवस्तु जिल्ला रहेका बताएका हुन् ।

 

 

तर अब शिक्षामा अघि बढ्नुपर्ने आफ्ना सन्तानलाई यस्ता घटनाबाट बचाउन नसके तिनीहरूको भविष्यमा नकारात्मक असर पर्ने समेत उल्लेख गर्दै आफ्ना सन्तानले क- कसका संघट गरिरहेकाे छ जबकि एउटा सामान्य बच्चा राति अबेर सम्म नसुत्नु बिहान ढिला उठ्नुकाे कारण अभिभावकले पत्ता लगाउनु समत अावश्यक रहेकाे उहाँले बताउनुभयो ।      

 

 

साथै बार्षिकाेत्सव तथा अभिभावक दिवस कार्यक्रममा बाेल्ने अधिकांश बक्ताहरूले सकारी विद्यालयले गर्न नसकेको कार्य निजी तथा साे विद्यालयले गरेकाे कार्य प्रशंसा गर्दै नतिजा मात्रै नभएर ब्यबहारिक र गुणस्तरीय शिक्षामा समेत निजी विद्यालायले जाेड् दिनुपर्ने बताएका थिए । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे र विद्यार्थीहरूले जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरेका थिए ।      

 

 

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेकाे अध्यक्षता, प्रदेश नं.५, का सदस्य अर्जुनकुमार केसीकाे प्रमुख आतिथ्यिता, शिवराज नगर शिक्षा प्रमुख पूण बहादुर विक,  शिवराज नगरपालिका-३, का वडा अध्यक्ष टेकलाल सापकोटा, प्यप्सन कपिलवस्तु अध्यक्ष शिवप्रसाद गैरे लगायतको आतिथ्यिता र मनाेज कुमार तथा विष्णु भण्डारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे साेही विद्यालयका शिक्षक गाेपाल पाठकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस
-->