• २०७५ फागुन ६ सोमबार / Monday, February 18

बस दुर्घटना हुँदा १४ जना घाइते

दुर्घटनामा १४ घाइते

Fm Radio Link

धादिङ,  धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस आज दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

 



अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सवार थिए । घाइते तीनलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ । 

 


घाइते अन्य ११ को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक ३५ वर्षीय शिव सिलवाललाई प्रहरीले निगरानीमा राखेर ट्रमा सेन्टरमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस
-->