• २०७५ फागुन ६ सोमबार / Monday, February 18

पोखरा कपको फाइनलमा एपीएफ र क्यामरुन भिड्ने

Fm Radio Link

पोखरा,  कास्की जिल्ला फुटबल संघले आयोजना गरेको छैटौँ मनकामना पोखरा कपको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र क्यामरुनको डफिन्स क्लबबीच प्रतिपष्र्धा हुने भएको छ ।

 

 

शनिबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको डफिन्स क्लबले डिफेन्डिङ्ग च्याम्पियन मनाङ्ग मस्र्याङ्दी क्लबलाई ट्राइब्रकेरमा ६/५ गोलअन्तरले पराजित गरेर फाइनलको यात्रा तय गरेको हो ।

 

 

निर्धारित समयमा दुवै समुहबाट १/१ गोल भएपछि खेलमा अतिरिक्त १० मिनेट थप गरिएको थियो । थपिएको समयमा पनि दुवै समुहबाट गोल हुन नसकेपछि खेल ट्राइब्रकेरका धकेलिएको थियो ।

 

 

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफले जापानको रोश्सी यूनिर्भ्सिटीलाई ट्राइब्रकेरमा ४÷१ गोलअन्तरले पराजित गरेको थियो । फाइनल खेल आइतबार दिउँसो २ बजेपछि पोखरा रंगशालामा हुने छ ।

प्रतिकृया दिनुहोस
-->