• २०७५ फागुन ६ सोमबार / Monday, February 18

नेकपा फुटाएर, राजा ल्याउने खेल

'नेकपा भविष्यमा फुट्ने निश्चित छ।'  :अध्यक्ष केसी

Fm Radio Link

काठमाडाैँ । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ केपी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई फुटाएर देशमा राजा वा सेना शासन ल्याउने तयारी भइरहेको खुलासा गरेका छन् ।

 

 

'नेकपामा द्वय अध्यक्षबीच मनमुटावकाे श्रृंखला सुरूवात भइसकेकाे र निकट भविष्यमा फुट्ने निश्चित छ।'  :अध्यक्ष केसी

 

 

अध्यक्ष केसीले कम्युनिस्ट सरकारको रवैया विदेशी शक्ति केन्द्रले नरुचाएको कारण नेपालको गणतन्त्रमाथि धावा बाेल्ने तयारीका साथ प्रतिगामी शक्तिहरु लागेकाे बताए। उनले भने,'नेकपामा द्वय अध्यक्षबीच मनमुटावकाे श्रृंखला सुरूवात भइसकेकाे र निकट भविष्यमा फुट्ने निश्चित छ।' उनले निकट भविष्यमै देशमा राजा शासन हुने दावी गरे।प्रगतिसिल पत्रकार संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालमा राजतन्त्र ल्याउने तयारीमा विभिन्न शक्ति अप्रत्यक्ष रुपमा लागेको बताए।

 

 

उनले नेपालमा कम्युनिष्ट सरकार बनेको शक्ति राष्ट्रहरुलाइ पाच्य नभएकाले कमजोर शक्तिहरुलाइ फुटाएर गणतन्त्र र धर्मनिरपेक्ष माथि प्रहार गर्ने षडयन्त्र सुरु भएको केसीले जिकिर गरे। नेता केसीले देशमा संघियता आवश्यक छैन भन्ने कुरामा जनता स्पष्ट भइसकेको समेत दावी पनि गरे। संघियता पार लगाउन सकिन्छ भन्ने सम्बन्धमा दुइ ठुला पार्टी नेकपा र काँग्रेसलाइ पनि विश्वास नलागेको प्रसंग दोहोर्याउँदै अध्यक्ष केसीले पछिल्लो समय जनता पनि संघियता चाहिदैन भन्ने कुरामा स्पष्ट भइसकेको बताए।

 

 

प्रतिनिधि र प्रदेश दुवै सदनमा ठुला माफीया, ठेकेदार र तस्करहरु सांसदका रुपमा रहेकाले चिकित्सा, शिक्षा तथा सहकारी जस्ता थुप्रै बिधेयकहरु तीनै माफीया अनुकुल निर्माण भइरहेको र केही पास पनि गरीएको बताए। ठुला माफीया, तस्कर र ठेकेदारका सामु सरकराले घुडा टेकीसकेकाले यसले जनताको पक्षमा काम गर्न नसक्ने दावी पनि गरे।

 

प्रतिकृया दिनुहोस
-->