• २०७५ फागुन ६ सोमबार / Monday, February 18

मनकामना कपमा पराजित हुदै जापानिज टोली घर फर्कियो

Fm Radio Link

पोखरा, पोखरामा जारी छैटौ मनकामना कप फुटबल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो सेमीफाइनल खेलमा जापानिज टोली पराजित भएको छ ।

 

 

पोखरा रंगशालामा भएको खेलमा एपिएफ क्लबले जापानको रिश्सो यूनिर्भ्सिटीलाई ट्राइबेकरमा ४/१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै समुहबाट गोल हुन नसके पछि खेलमा अतिरिक्त समय थप गरिएको थियो ।

 

 

निकै प्रतिपर्धात्मक खेलमा अतिरिक्त समयमा पनि गोल नभए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । यो जितसँगै एपिएफको फाइनल यात्रा तय भएको छ । शनिबार हुने दोस्रो सेमिफाइनल खेलको विजतासँग एपिएफले फाइनलमा भिड्ने छ ।

प्रतिकृया दिनुहोस
-->