• २०७५ फागुन ६ सोमबार / Monday, February 18

उपचारमा लापरवाही गरेपछि विरामीकाे मृत्यू, आफन्तद्वारा अस्पतालमा तोडफोड, ६ जना पक्राउ

Fm Radio Link

चितवन । चितवन भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ। मृत्युपछि आफन्तले तोडफोड गरेका छन् । आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

 

 

 रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । पीडितका आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाएका छन् ।

 

 

तोडफोडबाट अस्पतालको रिसेप्सनको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
-->