• २०७५ फागुन ६ सोमबार / Monday, February 18

मौसमको कारण पोखरामा हवाई उडान सहित साहसिक खेल गतिविधि प्रभावित

Fm Radio Link

पोखरा, प्रतिकुल मौसमका कारण विहिबार पोखरामा हुने हवाई उडानहरु सहित साहसिक खेल गतिविधिहरु प्रभावित भएका छन् । बिहीबार विहानै देखि पानी परी राम्रोसंग आकास खुल्न नसके पछि पर्यटनको मुख्य आकषर्ण साहसिक खेल प्याराग्लाईडिङ, अल्ट्रालाईट लगायतका साहसिक खेल सहित हवाई उडान रद्ध भएको हो ।

 

 

बिहीबार प्रतिकुल मौसमका कारण ६ वटा हवाई उडान रद्ध भएको पोखरा विमानस्थल कार्यालयका प्रमुख भोला प्रसाद गुरागाँईले पोखरा न्यूजलाई बताए । उनका अनुसार बिहीबार २२ वटा हवाई उडान मध्य १६ वटा उडान मात्र भए । यति एयरलायन्स र बुद्ध एयरलायन्सको ६ वटा हवाई उडान रद्ध भएका हुन् । यति एयरलायन्सको पोखरा काठमाडौं ३ वटा र बुद्ध एयरलायन्सको पोखरा भैरहवा एउटा र पोखरा काठमाडौंका दुई वटा हवाई उडान रद्ध भएको हो । रद्ध भएको हवाई उडान शुक्रबार अनुकुल मौसम भएको अबस्थामा पहिला हुने त्यस पछि शुक्रबारको फ्लाईट तालिका सबैको डिले डिले हुने भएको प्रमुख गुराँगाईले पोखरा न्यूजलाई जनाए ।

 

 

प्रतिकुल मौसमका कारण पोखरा मुस्ताङको हवाई उडान समेत रद्ध भएको छ । तारा र सिम्रिक एयरले दैनिक १/२ वटा हवाई उडान गर्दै आएका थिए । बिहिबार विहानै देखि पानी परी आकास राम्रोसंग खुल्न नसके पछि पोखरामा हुदै आएको अल्ट्रालाईट तथा हेलिकोप्टर उडानहरु समेत रद्ध भएको छ । पोखरामा दैनिक जसो करिब १५/२० वटा अल्ट्रालाईट र हेलिकोप्टरबाट पोखरा सहित हिमश्रृखलाको दृश्यावलोकनको लागि उडान हुदै आउने गरेको छ ।

 

 

त्यसै गरी पोखरामा हुने साहसिक खेल प्याराग्लाईडिङका उडानहरु समेत प्रतिकुल मौसमका कारण प्रभावित भएका छन्। पोखरामा दैनिक जसो करिब २ सय ५० पाईलटले ४ सय जना पर्यटकहरुलाई प्याराग्लाइडिङ गराउदै आएको नेपाल प्याराग्लाइडिङ संघ (नेफा) का प्रशिक्षक बालकृष्ण बसेलले पोखरा न्यूजलाई बताए । रद्ध भएका केहि उडान शुक्रबार हुने केहि शुक्रबारकै सेडुल अनुसार हुने उनले जनाए ।

 

 

पोखरामा एक दिन प्याराग्लाईडिङ नहुदा करिब २० लाख भन्दा बढीको कारोबा ठप्प हुने गरेको व्यवसायीहरु बताउछन। प्रति जनाले प्याराग्लाईडिङ गरेको ५ हजार देखि ८ हजारसम्म लिने गरेको पाईन्छ । पोखरामा दिनभरी पानी परेसंगै चिसो बढेको छ । पोखरामा अन्य दिनको तुलनामा विहिबार चहल पहल समेत कम भएको थियो ।
 

प्रतिकृया दिनुहोस
-->