• २०७६ असार १२ बिहीबार / Thursday, June 27

टाटा सुमोको ठक्करबाट साईकलमा सवार ३ जना छात्रा घाईते ।

Fm Radio Link

सिरहा, सिरहाको पुर्वपश्चिम लोकमार्ग लहान १२ मा टाटा सुमोको ठक्करबाट साईकलमा सवार ३ जना छात्रा घाईते भएको छ ।

 

 

पुर्व देखि पश्चिम तर्फ जादै गरेको को. १ ज.३३०४ नं.को टाटा सुमोले त्यही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिएको हो । घाईते हुनेमा स्थानीय १५ वर्षिय पार्वती पासवान , १५ वर्षिय पुष्पा चौधरी र १५ वर्षिय काजल पासवान रहेको छ ।  

 

 

घाईतेहरुको उपचार लहानको सप्तीऋषी अस्पतालमा भईरहेको छ । सुमो र चालक इलाका प्रहरी कार्यलय लहानको नियन्त्रमा रहेको जिल्ला ट्राफिक कार्यलय लहानले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस