• २०७५ फागुन ६ सोमबार / Monday, February 18

एक लाख ७० हजार रुपैया बराबरको सौफी नामक रक्सी बरामद

रक्सी पसलमा भारतिय ग्राहकहरुको भिड

Fm Radio Link

बारा, प्रहरीले बाराको पचरौता नगरपालिकाको बेल्दारी बाट आज बिहान एक भारतिय नम्बरको गाडी बाट एक सय २० कार्टुन सौफी नामक रक्सी बरामद गरेको छ।

 

 

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिृ गएको टोलीले रु एक लाख ७० हजार रुपैया बराबरको सौफी नामक रक्सी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरले जानकारी दिए।नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले रक्सी बरामद गरेको हो ।

 

 

प्रहरीले रक्सी र गाडीलाई नियन्त्रणमा लिएको छ।यता भारत बिहार सरकारले रक्सी खान निषेध गरेपछि भारतियहरु नेपाल बाट अबैध रुपमा रक्सी खरिद गरी लगने गरेका छन्। भारतिय ग्राहकलाई दृष्टिगत गरी बाराको सिमावर्ती क्षेत्रका बजारमा हरुमा समेत उल्लेख रुपमा रक्सी पसलहरु खुलेका छन्।भने सांझ पक्ष नेपाली बजारको रक्सी पसलमा भारतिय ग्राहकहरुको भिड नै लागने गरेको छ ।

 

 

जिल्लाको सिम्रौनगढको सिमावती क्षेत्र बसवरिया, सिम्रौनगढ बजार, कचोर्वा ,सुवर्ण गांउपालिकाको कवही गोठ बजार, संतगञ्ज , बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा र बिश्रामपुर गांउपालिकाको बजार लगायतका स्थानमा रहेको रक्सी पसलहरुमा भारतिय ग्राहकहरुको भिड लागने गरेको हो । 

प्रतिकृया दिनुहोस
-->