• २०७५ फागुन ६ सोमबार / Monday, February 18

बारामा सवारी दुर्घटनामा एकको मृत्यु , एक जना गम्भिर घाईते 

गाडी प्रहरीको नियन्त्रणमा

Fm Radio Link

बारा, बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ उत्तरझिटकैया स्थित सशस्त्र प्रहरी बल १२ नम्बर गण नजिकको सडक खण्डमा आज बिहान जिपले एक मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन्।

 

 

मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १८ बडहर्वा बस्ने ३१ बर्षिय संजिव ढकाल रहेको सशस्त्र प्रहरी बल १२ नम्बर गणले जनाएको छ ।उतm दुर्घटनामा परी मोटरसाईकलमा सवार बारा कलैया उपमहानगरपालिका २४ संखुईका रंजित पटेल गम्भिर घाईते भएका छन्। ढकालले चलाउदै गरेको ना ५० प १०८० नम्बरको मोटरसाईकललाई बिपरीत दिशा बाट आउदै गरेको बा १९ च  ३७२९ नम्बरको जिपले ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो ।

 

 

घाईते दुवै जनालाई उद्धार गरी सशस्त्र प्रहरीको टोलीले उपचारको लागि जिल्ला अस्पताल कलैयामा पुर्याएको थियो। ढकालको उपचारको क्रममा आज १२ः१५ बजे मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। पटेलको प्रारम्भिक उपचार जिल्ला अस्पताल कलैयामा भएपछि थप उपचारको लागि नारायणी उपक्षेत्रिय अस्पताल बीरगञ्जमा लगिएको छ। उनको देब्रे खुटृा भाचिएको छ। ढकाल र पटेल कलैया जादै थिए। ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । 

प्रतिकृया दिनुहोस
-->