• २०७५ फागुन ६ सोमबार / Monday, February 18

शनिबार जापानीज भाषाको परीक्षा पोखरामा हुँदै, अनलाइनबाट परीक्षा लिइने

माघ २४ गते बिहीबारसम्ममा नाम दर्ता गर्नुपर्ने

Fm Radio Link

पोखरा, पोखरामा जापानीज भाषा परीक्षा हुने भएको छ । मोग सर्भिस प्रालिको आयोजनामा अनलाइनबाट परीक्षा लिइनेछ । फरवरी ९ अर्थात फागुन २६ गते शनिबार परीक्षा हुनेछ । परीक्षामा सहभागी हुन चाहनेहरुले फरवरी ७ अर्थात माघ २४ गते बिहीबारसम्ममा नाम दर्ता गर्नुपर्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतीले जानकारी दिए । 

 

 

पोखरामा पहिलो पटक अनलाइनबाट जापानीज भाषा परीक्षा ‘पिजेसी ब्रिज टेष्ट’ हुन लागेको हो । इन्टरनेशनल कलेज एप्लाइज साइन्स अनुपम मार्गमा परीक्षा हुनेछ । परीक्षा शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । अनलाइन टेष्टको रिजल्ट २४ घन्टा भित्र आउने प्रजापतीले जानकारी दिए । ‘अबदेखि प्रत्येक महिना जापानीज भाषाको अनलाइन टेष्ट पोखरामा हुनेछ,’ उनले भने ।

 

 

परीक्षामा सहभागी हुन चाहनेहरुले नाम दर्ताका लागि नेपाल भाषा संघ (लान)मा सम्पर्क गर्न सकिने लानका अध्यक्ष युवराज खनालले जानकारी दिए । प्रालिले नेपालमै पहिलोपटक जापानिज भाषा परीक्षा अनलाइनबाट दिन पाउने व्यवस्था गरेको हो । अहिलेसम्म जापानिज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएको थियो । ‘परीक्षाको नतिजा पनि तुरुन्तै थाहा पाउन सकिन्छ,’ उनले भने, ‘कागजबाट दिइने परीक्षाको नतिजा आउन समय लाग्ने भएकाले अनलाइन परीक्षा प्रभावकारी हुनेछ ।’
 

प्रतिकृया दिनुहोस
-->