• २०७५ फागुन ६ सोमबार / Monday, February 18

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन सकेको छैन

Fm Radio Link

काठमाडौँ, नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन । 

 



दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन सकेको छैन । तीन खेलको उक्त सिरिज दुवै टोलीले एक–एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्द भए सिरिज बराबरीमा टुङ्निेछ । 

 



युएईको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो । 
 

प्रतिकृया दिनुहोस