• २०७५ फागुन ६ सोमबार / Monday, February 18

घामताप्दै बसेका स्वाथ्यकर्मी, पर्खी बसेका सेवाग्रही

स्वास्थ केन्द्रका स्वास्थकर्मी  घामताप्दै

Fm Radio Link

सुनसरी/हरिनगर, सुनसरी दक्षिणवर्ती हरिनगर प्राथमिक स्वास्थ केन्द्रमा सेवाग्राही हरु स्वास्थ केन्द्र भित्रको मुल गेट मै स्वास्थ सेवालिन उभिएका छन् तर स्वास्थकर्मीहरु घाम तापेर रमाउँदै छन् ।

 

 

यो दृश्य हो सुनसरी दक्षिणवर्ती हरिनगर गाउँपालिका वडा नम्बर ४ मा रहेको प्राथमिक स्वास्थ केन्द्रको  ।

 


स्वास्थ केन्द्रका स्वाथकर्मीहरु बिहान १० बजे देखि करिब १२ बजे सम्म घाम तापेरै बसिरहेका थिए  ।  जब स्वास्थ्य सेवा दिन सुरु गरे त्यसपछि स्थानिय सेवाग्रही सेवान्नद पाल सँग ड्रेसिङ गरेवाफतको २५ रुपैयाँ लिनुपर्ने १०० रुपैयाँ लिए । सेवाग्राही पाल एकछिन मै हामि लाई गुनासो गरे । पाल भन्छन् २५ रुपैयाँ लिनु पर्नेमा म सँग १०० लियो खै के चाला हो । पाल जस्तै अन्य धेरै स्थानियको गुनासो छ स्वाथ्य क्षेत्रमा यस्तो हुनु अत्यन्त दुखद् छ । 

 


यसबारे हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी लाई बुझ्दा यो घटना दुखद् भएको बताउँछन् । तर उनलाई यो बारे जानकारी नभएको भन्छन् । यदि त्यस्तो हो भने ति कर्मचारीहरुलाई कारबाहीको दायरामा ल्याउँछु उनि भने । 

 


गाउँपालिका अध्यक्ष गफार अनसारी आफु निर्वाचित भए पछि  कर्मचारीहरुलाई काम मा अल्छि नगर्न निर्देशन दिएका थिए । तर त्यो लागु भएन ।

 

 

हामि पुग्दा पनि स्वास्थ केन्द्रका कर्मचारीहरु  प्राङ्गणमा कुर्सीको गोलो घेरा बनाइ बसिरहेका थिए  । स्वास्थ केन्द्रको इमर्जेन्सी कोठा  भित्रै फोहोर थियो । निडिल, इन्जेक्सन, पानीबोतल लगायतका आवश्यक औषधीका सामाग्रीहरु बेड्को मूनि थुपारिएको थियो  ।

 


स्वास्थ्य सँग सम्बन्धित सेवा दिने निकायमा नै भइरहेको लापरवाहीले मानव स्थास्थ्यलाई कस्तो सेवा दिने होला ? 

प्रतिकृया दिनुहोस
-->