• २०७५ फागुन ६ सोमबार / Monday, February 18

थारु कलाकार लाई उपेक्षा किन ? 

सरकार थारु जातीका लागी लागी पर्ने एक यौद्धा रेशम चौधरीले न्याय कहिले पाउने ?

Fm Radio Link

काठमाडौं || हाम्रो मुलुक विविधताले भरिपूर्ण रहेको छ । भौगोलिक विधिता, प्रयावरणीय विधिता, साँस्कृतिक विविधता लगायत विविधताहरु नै नेपालका सुन्दर गहनाहरु हुन् । यी विविधताले भरिपूर्ण हुनु नै नेपाल र नेपालीहरुको पहिचान र गौरव हो । नेपालको संविधान २०७२ ले समेत सम्पूर्ण विविधताहरुलाई समावेश र स्थापित गरेको छ । जातीय र भाषिक विविधताहरुले राष्ट्रको विकाश र उन्नतिमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्दछन् । यदी सवै जातजाती र भाषा भाषीहरुले राज्यका कृर्याकलापहरुमा अपतत्वको अनुभुति गर्न सक्दैन भने यही विविधता राज्यका लागी जटिल समस्या समेत वन्न सक्दछ । 

 

दुवै प्रमुख राजनितिक दलहरुको गरेको व्यवहार थारु समुदायको भावना र मर्म माथीको खेलवाड मात्र हो भन्ने कुरा प्रष्ट देखिन्छ ||

 


संविधानले अंगीकार गरि सकेको र सम्पूर्ण राजनीतिका दलहरुले स्विकार गरेको विषय वस्तु हो विविधतामा एकता । विशेषता र शक्ति समेत हो । राजनितिक दल र सरकारका विभिन्न कृयाकलापहरु हेर्दा जातीय र भाषीक विविधतालाई आफ्नो चुनावी रणनीतिको रुपमा मात्रै प्रयोग गर्ने र चुनाव पश्चात विभिन्न जाति जनजातिहरुप्रति सौतेनी व्यवहार गरेको प्रष्ट देखिन्छ । सौतेनी व्यवहार।को श्रंखला निरन्तर रहेको विभिन्न महत्वपूर्ण घटनाक्रमहरुबाट हेर्न सकिन्छ । जस्तै अध्ययनका लागी विदेश गएका छात्राहरुको विषयमा केही गलत कुराहरु सुनिन्छ भनेको आधारमा माननीय शेर वहादुर तामाङज्यूले मन्त्री पदवाटै राजिनामा दिनुप¥यो तर करोडौको भ्रष्टाचारको कुरा प्रष्ट हुदाँ समेत कथित उपल्लो जातका मन्त्रीहरुको पद सुरक्षित रहेको  छ । 

 


यसैगरि बिगतका निर्वाचनका समयमा थारु जातिका भोटका लागी नेपाली कांग्रेसका सभापती शेर वहादुर देउवाले टिकापुर घटनामा दोशी भनिएका माननीय रेशम चौधरीलाई क्षतिपूर्ती दिने निर्णय गरियो तर आज सपथ ग्रहणको विषयमा विवाद गरिरहेको छ भने सपथ ग्रहण गराउने सरकार समर्थित दलहरुले सपथ ग्रहणको नौटंकी गराएर पुनः माननीय रेशम चौधरीलाई प्रहरी हिरासतमा राख्ने कार्य ग¥यो । यी दुवै प्रमुख राजनितिक दलहरुको गरेको व्यवहार थारु समुदायको भावना र मर्म माथीको खेलवाड मात्र हो भन्ने कुरा प्रष्ट देखिन्छ । यी दुइृ दल मात्र होइनन्, मधेस जन अधिकार फोरम, जसको झण्डामुनि आम टिकापुरवासीले रेशम चौधरी निर्दोश रहेको पुष्टि गर्दै आफ्नो अमुल्य मत प्रदान गरी संघिय संसदको सदस्यमा निर्वाचित गराए, उक्त जनमतको मधेस जन अधिकार फोरमले सरकारमा सहभागी भएर समेत सम्मान गर्न नसक्नु पनि जातीय विभेदको श्रृंखलाको निरन्तरता नै हो भन्न सकिन्छ । 

 

भनिन्छ कलाकार राष्ट्रका गहना हुन र कालाकारीता कुनै पनि व्यक्तिको विशुद्ध क्षमता र गुणको उपज हो । कुनै व्यक्ती कलाको क्षमता लिएर थारु समुदायमा जन्मीनुमा उस्को के दोश हुन्छ र ?

 


जातीय विभेदको श्रृंखलाको निरन्तरता समेत उदाहरणले मात्रै होइन विभिन्न समयका कृर्याकलापहरुले समेत प्रष्ट पार्दछ । राज्यले थारु जातीलाई मात्रै होइन अन्य जनजातिहरुलाई समेत विभिन समयमा कमजोर पार्ने र आफ्नो स्वार्थ पुर्ति गर्ने गरेको पाइन्छ । भर्खरै सम्पन्न थारु जातीको माघी महोत्सव, जुन लामो समय देखी काठमाण्डौंको टुँिडखेलमा निरन्तर भइरहेको अवस्थामा यसपाली उक्त स्थान मगर समुदायलाई मात्रै कार्यक्रम गर्न दिई थारु र मगर समुदायवीच मतभेद र मुडभेद श्रृजना गर्ने दुश्प्रर्यास समेत सरकार र सरकारमा पहुँच रहेका व्यक्ति वा समुदायले गरेको देखिन्छ । तर थारु समुदाय जुन इतिहासको कालखण्ड देखी राष्ट्रिय एकता र अखण्डताको पक्षमा उभिएको छ, उक्त समुदायले मुडभेद रोज्ने कुरै हुदैन थियो र अन्ततः आफ्नो कार्यक्रम चावहिलको चुच्चेपाटीमा एक दिनको तयारीमा  साघुरो ठाउँ भएपनि सम्पन्न ग¥यो । 

 


भनिन्छ कलाकार राष्ट्रका गहना हुन र कालाकारीता कुनै पनि व्यक्तिको विशुद्ध क्षमता र गुणको उपज हो । कुनै व्यक्ती कलाको क्षमता लिएर थारु समुदायमा जन्मीनुमा उस्को के दोश हुन्छ र ? विभिन्न क्षेत्र र स्थानहरुमा हुने व्यापारीक एवं पर्यटन महोत्सवहरुमा थारु कलाकारहरुमाथी गरिएको विभेदले जातीय विभेदको प्रराकाष्ठाको रुपमा वुझेको छु । कलाकार कुनै धर्म वा जातजातीको हुदैन तर उक्त कलाकारले जन्म लिएको घराना वा जात वा भाषाका आधारमा कम पारिश्रमीक दिनु वा अन्य प्रकारको विभेद सामाजिक विखण्डनको संकेत भएकोले यस विषयमा सवैले चिन्तित हुनु जरुरी छ । 

 


थारु कलाकारहरुको हक हित संरक्षण र प्रवर्धनका लागी स्थापित राष्ट्रिय थारु कलाकार मञ्चको अध्यक्षको हैसियतले विभिन्न स्थानका कार्यक्रमहरुमा पुग्दा अन्य कलाकारहरुले थारु कलाकारहरु माथी विभेद किन ? भन्ने प्रश्न गर्दा म स्वयं निशब्द बन्ने गर्दछु । आखीर किन हो यो विभेद ? के का लागी हो यो विभेद ? किन विविधतालाई कानूनी र संवैधानीक मान्यता दिईयो ? को हुन यस्तो विभेदका पक्षधर र किन ? यसता विभिनन् प्रश्नहरु मानसपलटमा पौडी खेली रहन्छ । आखीर कस्ले दिन्छ यी प्रश्नहरुको जवाफ ? कहिले हुन्छ यस्तो विभेदको अन्त्य ? के हो विभेद अन्त्य गर्ने वाटो ? कसरी थारु कालाकारहरुको संरक्षण र प्रवर्धन हुन्छ ? कसरी समाजमा समानता स्थापित हुन्छ ? आदी इत्यादी । प्रश्न अनुत्तरीत छ ।  

 


यी विभिन्न प्रश्नहरुकावीच के निश्कर्ष निस्किन्छ ? के राज्य सम्वेदनशील बन्छ ? कि राज्य र प्रमुख राजनितिक दलहरुको रवैया यस्तै रहन्छ ? अन्ततः यी सवै प्रश्न उत्तर राज्य वा सरकार संग माग्न वाध्य छौ । सरकार थारु जातीका लागी लागी पर्ने एक यौद्धा रेशम चौधरीले न्याय कहिले पाउने ? सरकार थारु कलाकारहरुमा समानताको अनुभूति कहिले गर्ने ? अव छिट्टै सरकारका कामहरुबाट यी सवै प्रश्नको उत्तर पाउने अपेक्षा आम थारु समुदायले राखेको छ । तर यदि सरकार यस्ता विषयमा गम्भीर देखिएन भने हिजो राणा शासन होश पञ्चायत विरुद्धको आन्दोलन होश या २०६२/०६३ को जन आन्दोलनमा थारु समुदायको भुमिका स्मरण गरी आगामी दिन थारु समुदायले के कति गर्न सक्छन त्यसको आंकलन समेत सरकारले गर्न पर्ने आवश्यकता रहेको छ । 

 


राष्ट्रिय थारु कलाकार मञ्चको अध्यक्षको हैसियतमा मैले देखेका विभेदका घटनाहरुलाई विनम्रता पूर्वक सरकार र आम नेपालीहरु विच आवश्यक न्यायका लागी पहल थाली रहेकोे छु । थारु समुदाय हिंसा चाहँदैन न्याय चहान्छ । त्यसका लागी सम्पूर्ण नेपालीहरको साथ आवश्यक रहन्छ । शान्त, सुन्दर, सम्वृद्ध नेपालमा सवैको पहिचान र अस्तित्व समान होस, यो थारु मात्र नभई सम्पूर्ण जाती जनजातीको आवाज हो जस्तो मैले महसुस गरेको छु र चाडै सबैले एकतावद्ध, सम्वृद्ध र विकशीत नेपाल देश पाउने अभिलाशा समेत राखेका छौ । 

लेखक : 

विनय वैद्य  
अध्यक्ष

राष्ट्रिय थारु कलाकार मञ्च 
 

प्रतिकृया दिनुहोस
-->