• २०७५ माघ ८ मंगलबार / Tuesday, January 22
ad

दाइजो (दहेज ) समाजको लागि अभिषाप हो ? 

त्यो विवाह उत्तम हो जसमा कम खर्च गरिएको होस”

Fm Radio Link

भुटाहा । भुटाहाका समाजसेवी तथा मोलाना शहाबुद्दिन नदवी मदनी संग भुटाहा सम्वाददाता अन्सार आलमले गरेकोकुरा ......... ।

 

 
मुस्लिम धर्ममा दाइजोले के सम्बन्ध राख्छ ? मुस्लिम धर्म के हो ?  

 


मुस्लिम समाज अल्लाह र रसूल (स.) माथि आस्था राख्दछ । कुरान र हदीसको शिक्षालाई सत्य र इस्लामलाई अल्लाहको प्रिय दीन (धर्म) मान्दछ । वैध (हलाल) र अवैध (हराम) को अवधारणालाई स्वीकार गर्छ र परलोकमा अल्लाहको खुशी र जन्नतको चाहना राख्दछ । 

 


मुस्लिम समाजमा कुन बाटो मा गइरहेको छ ? 

 


पछिल्लो समयमा यो मुस्लिम समाज इस्लामी शिक्षाबाट बिस्तारै टाढिंदै गईराखेको महसुस गरिंदैछ । इस्लामी रितीरिवाज, व्यवहार र संस्कारलाई त्यागेको मात्र होइन बरु अनेकौ कुरीतिहरुमा पनि लिप्त पाइएको छ । यस्तै कुरीतिहरुमध्ये विवाहको अवसरमा दाइजोको लेनदेन पनि हो ।

 


दाइजो के के लाई भनिन्छ ?

 


विवाहको समयमा केटी पक्षले केटीलाई अथवा केटीको नाममा केटा वा केटा पक्षलाई दिइने सरसामान वा अन्य वस्तुलाई दाइजो भनिन्छ । यो दैनिक उपभोग्य वस्तु मोटरसाइकल र कारको रुपमा अथवा नगद, चेक वा जग्गाको रुपमा हुन्छ । 

 


मुस्लिमहरुको धर्म ग्रन्थ कुरामा के छ ?

 


कुरानमा निकाह गर्ने र गराउने  आदेश स्पष्ट छ । यसमा केटा र केटीले एकअर्कालाई विवाहपुर्व हेर्ने, विवाहको लागि केटा र केटीको स्वीकृती, मातापिताको अभिभावकत्व, निकाहको खुत्बा, खुशीको प्रदर्शन, वलीमा (केटा पक्षले गर्ने भोज) र राम्रो वैवाहिक सम्वन्धका लागि दुआ गर्ने कुराको उल्लेख पाइन्छ । दाइजोको कुनै उल्लेख भेटिंदैन ।  

 


विवाहको कुराको पहल केटी पक्षले पनि गर्न सक्छ र केटा पक्षले पनि । कुराकानी पक्का गरी निकाह गर्न यति मात्र जरुरी छ कि दुबै पक्षले आवश्यक जानकारी र परिचय हासिल गरुन् र केटा–केटीले चाहेमा एक–अर्कालाई हेरेर स्वीकृती दिउन । केही विशेष र नजिकका नातेदारहरु बाहेक कुनैपनि आस्थावानसँग विवाह गर्न जायज छ । छरछिमेक, गाउँ शहर, देश विदेश कतैपनि कुरा मिलेमा विवाह गर्न सकिन्छ ।

 


विवहामा जातपात हेरिन्छ कि ?

 


विवाहमा जात–पात वा मसलकको भेदभाव छैन । 

 


सम्बन्ध विछेद ( तलाक )केटाकेटीसँग विवाह हुन्छ कि हुँदैन ? 

 


अविवाहित केटाको विवाह विधवा वा तलाक भइसकेकी केटीसँग वा विदुर वा तलाक भइसकेको केटाको विवाह अविवाहित केटीसँग पनि हुनसक्छ । तर समाजिक स्तरसँग मेल खाने विवाह सहज र पति पत्नीको लागि जीवन यापन गर्न सजिलो हुन्छ । युवावस्थामा प्रवेश गरेर सुझबुझ भएपछि कुनैपनि महिनामा कुनै पनि समयमा निकाह गर्न सकिन्छ । केटा, केटी र अभिभावक उपस्थित भए कुनै पनि ठाउँ र सभामा विवाह गर्न सकिन्छ ।

 


विवहा को बेला महर अदा (रक्म) गर्नु पर्छ कि पर्दै न ?

 


निकाहका बेला केटाले केटीलाइ महर अदा गर्नुपर्ने हुन्छ । महर नगद रकमको रुपमा पनि दिन सकिन्छ वा त्यति नै मुल्य बराबर अन्य कुनै वस्तु मा जेवर (ग्रगहना) । महर तत्कालै अदा गर्नु राम्रो मानिन्छ ।  निकाहको केही समयपछि रुख्सती (दु्लहीलाई केटाको घर लैजाने) होस् वा निकाह र रुख्सती सँगै होस्, दुबै तरिका जायज छ ।

 

त्यो विवाह उत्तम हो जसमा कम खर्च गरिएको होस”

 


हदिस कुरान माकेटिमा  के के गुणहरु हुनुपर्छ  ? 

 


हदीसमा भनिएको छ– विवाहका लागि केटीहरुमा चारवटा गुणहरु खोज्ने गरिन्छस् सुन्दरता, धनसम्पत्ति, परिवाररखानदान र दीनदारी (धार्मिकता) । यी चारमध्ये धार्मिकता नै सबैभन्दा उत्तम र चिरस्थायी हुन्छ । नबी (स.) ले भन्नुभयो– तिमीहरु दीनदार केटीको चयन गर्ने गर । 

 


वर्तमान समयमा विवहा के ले खर्चिलो भएको छ र यसले के कुरिती निमत्याएको छ ? 

 


वर्तमान समयमा दाइजो कै कारणले विवाह खर्चिलो भएको छ । दाइजोको लागि एक–एक सामान जम्मा गर्न महिनौ र वर्षाै लाग्छ । विवाह गर्नु एउटा कठिन कार्य बनेको छ । यसले व्यभिचारको मार्ग प्रशस्त गर्दछ । हदीसमा भनिएको छ,त्यो विवाह उत्तम हो जसमा कम खर्च गरिएको होस” । आज समाजमा दाइजोको नाममा ठुलो परिमाणमा सामानहरुको माग गरिन्छ । मोटरसाइकल, कार, ओछ्यान, कुर्सी, सोफा, दराज, फ्रिज, वासिङ्ग मेशिनका साथै दैनिक रुपमा प्रयोेग गर्ने लत्ताकपडा तथा भाँडाबर्तनहरु समेत माग्ने गरिएको छ । केटी पक्षले जति सामान दिएपनि त्यसमा खोट निकाल्ने गरिन्छ । दाइजो नल्याएको निहँुमा बेहुलीले जीवनभरि गाली खानुपर्छ । उसको जीवन कठिन र तनावपूर्ण बन्न पुग्छ । कहिलेकाही अवस्था तलाकसम्म पुग्छ भने कयौ बेहुलीले हत्या अथवा आत्महत्याबाट  ज्यान समेत गुमाउनु परेको छ ।दाइजो अनावश्यक र नाजायज खर्च हो । दाइजो एउटा अभिशाप हो । हरेक मुस्लिमले यसलाई घृणा गर्छ । दाइजो लिनेलाई अपराधीको रुपमा हेर्छ । यसले गर्दा समाजमा आपसी सद््भाव र भातृत्वमाथि नकारात्मक असर पुगेको छ । दाइजो डकैती हो । यसमा एकजना व्यक्तिले विवाहको नाममा अर्को व्यक्तिको घरबाट ठूलो परिमाणमा मालसामान लुटेर लैजान्छ ।यसको कारणले पति आफ्नै पत्नीको दृष्टिमा अपमानित हुन्छ र पत्नीबाट कहिल्यै वास्तविक माया पाउन सक्दैन । त्यस्तै ससुराली पक्षबाट पनि ऊ अप्रतिष्ठित र स्वार्थीको रुपमा हेरिन्छ ।
 

प्रतिकृया दिनुहोस
-->