• २०७६ असार १२ बिहीबार / Thursday, June 27

डोटीमा वादी समुदायका लागि जग्गाको खोजी

Fm Radio Link

डोटी, नगर क्षेत्रभित्र रहेका वादी समुदायको व्यवस्थित बसोवास गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ । 

 

नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन वादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने योजना रहेको नगर प्रमुख मञ्जु मलासीले बताए। 'वादी समुदायको व्यवस्थापन गर्न समस्या छ, उनीहरुको बसोवासलाई व्यवस्थित गर्नेबारे छलफल भइरहेको छ,'उनले भने । नगरपालिकाले जमीन खरीद गरेपछि त्यसमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्ने गरी काम अघि बढाइएको मलासीले बताए ।

 

 

'दैनिक ज्यालादारी गर्ने भएकाले शहरभन्दा टाढा राख्न समस्या छ,'मलासीले भने । वादी समुदाय अहिले दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती प्राविधिक शिक्षालय नजिकै अस्थायी टहरा बनाएर बस्दै आएको छ । उचित आवासको व्यवस्था, बालबालिकाका लागि शिक्षा, सीपमूलक तालीम, अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गर्नुपर्ने मागसहित वादी समुदायले नगरपालिका समक्ष माग गर्दैआएको छ । उनीहरु नाच्ने, गाउने, मादल बनाउने, माटाका भाँडा बनाउनेलगायत काम गरी जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा वादी समुदायको १०४ परिवार रहेको छ ।

प्रतिकृया दिनुहोस