• २०७५ पौष ४ बुधबार / Wednesday, December 19
ad

पानीको निकास नहुने समस्या समाधान

Fm Radio Link

ललितपुर, पाटनका भित्री भागमा वर्षाका समयमा पानीको निकास नहुने समस्यामाको समाधान हुने भएको छ । लगनखेलबाट मङ्गलबजार हुँदै शङ्खमूलसम्म ढल निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । 

 

“वर्षेनी यहाँका जनताले धेरै सास्ती भागेकाले समाधानको योजना बनाइएको हो ।”

 



काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको सहकार्यमा ढल निर्माणको योजना बनाइएको हो । यसले वर्षाको समयमा नगरका बढी डुबान हुने क्षेत्र समेट्ने प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षेनी यहाँका जनताले धेरै सास्ती भागेकाले समाधानको योजना बनाइएको हो ।” लगनखेल, गाःवहाल, महापाल, मङ्गलबजार, कुमारीपाटीलगायतका महानगरपालिकाका डुवानमा पर्ने क्षेत्रलाई योजनाले समेट्ने छ । 

 



ढल निर्माणका लागि अध्ययन भइसकेको र केही समयपछि कार्यक्रम शुरु हुने प्रवक्ता महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षाभन्दा पहिले नै स्थानीयवासीलाई राहत दिने योजना रहेको छ ।” ढलको अभावमा नगरको भित्री भागमा ठूलो पानी पर्नासाथ सडक हिलाम्मे हुनेगर्छ । 
 

प्रतिकृया दिनुहोस
-->