जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास हुने
“हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”

ललितपुर, जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् ।
“हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तक्र्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् ।
महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले सार्वजनिक सुनुवाइ र सरोकारवालासँगको छलफलका आधारमा आफूले कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । नगरवासीले खानेपानी र सडक निर्माण चाँडो होस् भन्ने चाहेका छन् । उहाँले भन्नुभयो, “हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”
“हामीले वडाका प्रतिनिधिलाई खटाएर जनताका पुनःनिर्माणका क्रममा आएका समस्या समाधान गरिरहेका छौँ ।”
कोञ्जेसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले गाउँपालिकाले स्थानीयवासीको आर्थिकस्तर उकास्नका लागि गुरुयोजना निर्माणमा लागेको बताउनुभयो । जिल्लाका छ तहमध्ये यस गाउँपालिकामा निजी आवास निर्माण तीव्र छ । उहाँले भन्नुभयो, “हामीले वडाका प्रतिनिधिलाई खटाएर जनताका पुनःनिर्माणका क्रममा आएका समस्या समाधान गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले वडावडामा टोल सुधार समितिसँग सल्लाह गरेरै योजना बनाइएको बताउनुभयो ।
वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जनप्रतिनिधि मात्रै नभएर त्यस ठाउँको विकास सबैको सरोकार हुनुपर्नेमा जोड दिनुभयो । कोञ्जेसोम गाउँपालिाका प्रवक्ता सुमेन्द्र तामाङले पहिले एउटा सिफारिशका लागिसमेत सचिव खोज्दै लगनखेल आउनुपर्नेमा अहिले जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले राजधानीको जिल्ला भएकाले ललितपुरमा धेरै परियोजना नआएको बताउनुभयो । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपक विष्टले स्थानीय निकायले एउटै कामका लागि धेरै वर्षसम्म बजेट विनियोजन गरेर कार्यकर्ता पालेको आरोप लगाउनुभयो ।
ताजा समाचार
- अपडेट : मोटरसाइकल दुर्घटना हुँदा भारतिय नागरिक जियाबुल मिया गम्भीर घाइते
- मोटर साइकल दुर्घटना चालक गम्भीर घाइते
- स्काइफल ‘मिस नेपाल पिस’को सातौ संस्करण सुरु
- २१ लाख ३१ हजार बराबरको मादक पदार्थ नियन्त्रणमा, लुज विल प्रयोग गरि भ्याट छलि को आशंका
- एशिया बिस्कुट उद्योग घेराउ, फोहर पानिले गाई बस्तु समेत मर्न थाले : स्थानिय
- गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु र त्रिविको अनुगमन टोलीबिच छलफल
- पोखरामा फागुन १० र ११ गते चौथो मेगा शैक्षिक मेला तयारी तीब्र
- बिहिबार देशभरका पत्रकार पोखरामा भेला हुने
- महानगरको भाडा विवाद–गल्ती महानगरको कि ठेकेदारको ?
प्रतिकृया दिनुहोस5>